बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ५५
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

उदयपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान  मोक्तान (तामाङ)लाई  प्रहरीले पक्राउ गरेको छ । 

टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस