काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ ।
यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए । सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।
तर, गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो । योवर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको गोदारले बताए ।२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड