धनगढी उडेको श्री एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, ११ : ४५
धनगढी उडेको श्री एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

काठमाडौं । आज विहान काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा समस्या देखिएपछि आकाशबाटै काठमाडौँ फर्किएको छ। श्री एयरलाईन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार आज विहान ७ः५० मा काठमाडौँबाट उडेको उक्त विमान केहि समयपछि पुनः काठमाडौं नै फर्किएको थियो । विमानस्थल कार्यालयका अनुसार जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता हो ।

विमानमा सवार ७६ जना यात्रुहरुलाई ९ बजेर ५० मिनेटमा अर्को विमानमार्फत धनगढी पठाईएको छ।

प्रतिक्रिया दिनुहोस