काठमाडौं । सांसद रमेश लेखकले बजेटसम्बन्धी व्यवस्था परिमार्जन हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका लेखकले बजेटमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर अगाडि जानुपर्ने बताए।
उनले भने,'बजेटमा सदनमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर बजेटमाथि छलफल गरेर यसलाई परिमार्जन गरेर अगाडि जानुपर्छ भन्ने कुरा निवेदन गर्न चाहन्छ।'
सांसद लेखकले अब अर्को बजेट आउनुअघि नै बजेटसम्बन्धी व्यवस्थालाई परिमार्जन गरिसक्नुपर्ने बताए। उनले बजेट व्यवस्था परिवर्तनका लागि यसका आधार,सीमा र कार्यविधिबारे गहिरो अध्ययन आवश्यक रहेको बताए। अरू देशका बजेट व्यवस्थाबारे पनि अध्ययन आवश्यक रहेको उनको भनाइ छ।
राजश्वको स्थिति र आवश्यकताको बीच तादम्मेता नहुँदा असन्तुष्टि देखिएको उनको भनाइ छ। उनले उपराष्ट्रपति कार्यालयलाई छुट्याइएको बजेट ठिक ढंगले आएको प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो