सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको?

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १० : ५३
सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य बढेको जनाएको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा आज ४०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

 

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको कारोबार १३ सय ३५ रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस