काठमाडौ । सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं. को कारलाई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको २ थान सुनजस्तो बस्तु बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार कार र चालक दाङको घोराही नगरपालिका- १० का हुमानन्द गिरीलाई पनि नियन्त्रणमा लिइएको छ । सुनजस्तो बस्तु भैरहवा भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?