काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ ।
भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।
सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिवाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।
भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।
यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।
बिद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै