चितवन । भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज (शुक्रबार) ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो ।
महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता दिएको छ । पछिल्लो समय नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ ।
तर ती स्थानहरुमा अवैध संरचना बनेकाले तत्काल हटाउन शुक्रबारबाट ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा संरचना नहटाइए महानगर आफैले हटाउने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना