चितवन । भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज (शुक्रबार) ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो ।
महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता दिएको छ । पछिल्लो समय नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ । तर ती स्थानहरुमा अवैध संरचना बनेकाले तत्काल हटाउन शुक्रबारबाट ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा संरचना नहटाइए महानगर आफैले हटाउने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान