प्रचण्ड नेतृत्वको सरकारको १७० दिन, ३७ वटा महत्वपूर्ण उपलब्धि

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, २० : ३६
प्रचण्ड नेतृत्वको सरकारको १७० दिन, ३७ वटा महत्वपूर्ण उपलब्धि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १७० दिन पूरा गरेको छ । प्रचण्ड सरकारले सय दिनमै ३७ वटा उपलब्धि हासिल गरेको थियो । विभिन्न राजनीतिक प्रतिकूलका बाबजुद पनि प्रचण्ड सरकारले जनमुखी काम गरेर जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सरकारले देशमा विकास निर्माणको कामलाई गति दिने प्रयास गरेको छ । काम नगर्ने ठेकेदारलाई खबरदारी गर्दै समयमै सम्झौता पूरा नगर्ने ठग ठेकेदारलाई कालोसूचीमा राख्ने काम पनि यो सरकारले गरेको छ । अहिले विश्वकै अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको छ ।

यसको प्रभाव स्वाभाविक रुपमा हाम्रो देशमा पनि परेको छ । एकाधबाहेक सबैकुरा आयात गर्नुपर्ने हाम्रो मुलुकमा अर्थतन्त्रलाई संकटमुक्त बनाएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउन, वैदेशिक मुद्रा सञ्चिति बढाउन, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले पहल गरिरहेको अवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकताका रुपमा लिँदै सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिकमैत्री बनाउन, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम राख्न जोड दिँदै आएको कुरा सर्वविदितै छ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको जालो भत्काउँदै सो प्रकरणमा संलग्न भएकालाई कानुनी कठघरामा उभ्याउने काम गरेर स्यावासी कमाएको छ । यस्तै, सरकारले मिटरव्याजको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गरी कानुन संशोधन प्रक्रिया अगाडि बढाएको छ । सरकारले सबैपक्षसँग छलफल र सहकार्य गरी मुलुकलाई शान्ति, स्थिरता, प्रगति र अग्रगमनको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । जनताका आशा र अपेक्षा धेरै छन् । तथापि जनताको विश्वासलाई मूर्तरुप दिन विकासमैत्री, सेवामैत्री र लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागिपरेको छ ।

यतिबेला सरकारको अभिभारा मुलुकको अर्थतन्त्रको पुनरुत्थान गर्नु रहेको छ । यसका साथै राज्यका सबै तहमा सुशासनको प्रत्याभूति दिलाउन, विकास निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन र सेवा प्रवाहमा सरलीकरण गर्दै जनसेवा र जनसरोकारका मुद्दाहरूको सम्बोधन गर्न पनि सरकारले पर्यत्न गरिरहेको छ । यस्तै, सामाजिक न्यायको प्रवद्र्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्न पनि प्रचण्ड सरकार अग्रसर रहेको पाइएको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी लाइसेन्सलगायतका सेवाहरू विगतमा भन्दा छिटो छरितो सेवा प्रवाह, अनलाइन प्रणालीमार्फत् व्यक्तिगत घटना दर्ता, निजामती प्रशासनको क्षमता अभिवृद्धि, पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको कार्यान्वयनमा देखिएका ढिलासुस्ती अन्त्य गर्न आयोजनाहरूको स्थलगत अनुगमन कार्यलाई तीव्रता दिएको छ । यस्तै, वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन श्रम गन्तव्य मुलुकहरूसँग वार्ता, सम्झौता गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरूको अनुगमन, नियमन गर्ने लगायतका कार्यहरूलाई गति दिएको छ । शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्गोमा पु¥याउन सरकारले उच्च प्राथमिकतामा राखेर काम गरेको छ । सरकारले पाँच महिनामो अवधिमा समग्र शासकीय सुधारका दिशामा मह¤वपूर्ण पाइला चालेको छ । यो प्रशंसनीय छ । जनताको विकास, समृद्धि र सुशासनप्रतिको उच्च अपेक्षालाई पूरा गर्न सरकार आगामी दिनमा थप प्रतिबद्धताका साथ अगाडि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस