काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् । समाजवादी मोर्चामा सहभागी नभएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो ।
उनले अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रुपमा रास्वपा अगाडि आएकोमा आफू अत्यन्त खुसी भएको जिकिर गरे ।
त्यस्तै भट्टराईले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भएपनि नेपालीले चाहेको नयाँ पन नै भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव