पार्टीलाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेका छ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १९ : ०२
पार्टीलाई सुदृढ हुन नदिन  षडयन्त्र भइरहेका छ  : प्रचण्ड

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ हुन नदिन देशी विदेशी पूँजीवादीहरुले षडयन्त्र गरिरहेको दावी गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुराको खुलासा गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीविरुद्ध भइरहेको षडयन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।  उनले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई समेत सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस