दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउँछौ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १६ : ०७
दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउँछौ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत विस्तार गर्ने बताएका छन ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउने बताए । उनले कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी बिजेट विनियोजन गर्ने बताए ।

उनले वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुई वटा ट्रान्समिसन लाइन थप्न लागेको पनि बताए । उनले विद्युत उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रीब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रुपमा गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस