काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै मेयर शाह अदालत गएका हुन् । काठमाडौं महानगरले गत ३२ जेठमा काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबारसमेत काटेको थियो ।
महानगरको उत्त, कार्यको कानून विपरीत भएको भन्दै असार १ गते प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।
उक्त स्पष्टीकरणको सातौं दिन उच्च अदालत, पाटनमा बालेनले वारेसमार्फत रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव