वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १२ : २६
वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्दैछ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।

वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।

५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो ।

जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।