काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्। रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा लामिछानेले ‘होइन, छैन र सकिँदैन’मात्र भनेर बस्न नहुने बताएका हुन्। उनले ‘हो, छ र सकिन्छ’भन्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।
उनले फेसबुकमार्फत भनेका छन्,‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ।’
लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको छोटो समयमा नै प्रतिनिधि सभामा २१ सिट जितेर संसदको चौथो दल बनेको छ।
पार्टीको स्थापना दिवसको दिन आज रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालय सारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल