काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्। रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा लामिछानेले ‘होइन, छैन र सकिँदैन’मात्र भनेर बस्न नहुने बताएका हुन्। उनले ‘हो, छ र सकिन्छ’भन्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।
उनले फेसबुकमार्फत भनेका छन्,‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ।’
लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको छोटो समयमा नै प्रतिनिधि सभामा २१ सिट जितेर संसदको चौथो दल बनेको छ।
पार्टीको स्थापना दिवसको दिन आज रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालय सारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने