काठमाडौँ । नेपाल (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
एकीकृत समाजवादी (एस)का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।
संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।
नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । पार्टीका सांसदहरुले बजेट संशोधन नगरे पारित विपक्षमा मतदान गर्ने अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिइसकेका छन् ।
बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?