साफ च्याम्पियनसिप: नेपाल कुवेतसँग पराजित

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, १९ : २३
साफ च्याम्पियनसिप: नेपाल कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार व्यहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो ।

कुवेतकाे जितमा खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

नेपालले अब असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस