काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगको सुरुवात नेपालबाटै भएको दाबी गरेका छन् । ९ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३५,३६ वर्षअघि नेपालले योग दिवस मनाउन सुरु गरिसकेको बताएका हुन् ।
‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग’, ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’
उनले योग अरूले पनि सुनेपनि पुर्नउत्थान र पुर्नजागरण नेपालबाटै भएको भन्दै योग व्यवस्थित उद्देश्य र सिद्धान्त रहने भन्दै यसको सुरुवात गर्नेहरूलाई आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन