काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगको सुरुवात नेपालबाटै भएको दाबी गरेका छन् । ९ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३५,३६ वर्षअघि नेपालले योग दिवस मनाउन सुरु गरिसकेको बताएका हुन् ।
‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग’, ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’
उनले योग अरूले पनि सुनेपनि पुर्नउत्थान र पुर्नजागरण नेपालबाटै भएको भन्दै योग व्यवस्थित उद्देश्य र सिद्धान्त रहने भन्दै यसको सुरुवात गर्नेहरूलाई आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद