काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो ।
आवेदन दिने संस्था वा कम्पनीले आफुले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्नेछ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रूपैयाँ राजश्व बुझाउनुपर्ने छ ।बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड