अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो धारणा राखेका हुन् ।
आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै मन्त्री किराँतीले भने, ‘कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो । पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’
उनले नेपाल सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी पनि उनले गराए ।
एक अर्को प्रसंगमा उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साभmा ज्ञान भएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता