हरारे । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटको समूह ‘बी’अन्तर्गत सोमबार भएको खेलमा श्रीलंकाले यूएईलाई एक सय ७५ रनले पराजित गरेको छ।
जिम्बाब्वेमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले तीन सय ५५ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ८० रन मात्रै बनाउन सक्यो।
यस्तै, समूह ‘बी’कै अर्को खेलमा ओमानले आयरल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ।
टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले सात विकेट गुमाएर दुई सय ८१ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४८.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
जितसँगै श्रीलंका र ओमानले दुई–दुई अंक जोडेका छन्। भोलि हुने खेलमा जिम्बाब्वे र नेदरल्यान्ड्स तथा नेपाल र अमेरिका आमनेसामने हुने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक
विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल