काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे ।
उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको तर्क थियो ।
पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनको भनाइ थियो। उनले पार्टीमा सबैले निष्ठाको सङ्कल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको बताए। कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए।
उपप्रधानमन्त्री खड्काले नयाँ सकलबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत