काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए । ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं । कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई तर्साउन पनि चाहेका हैनौं । नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने ।
उनले पहिलो पटक मोर्चा नबनाएको बताए । उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड