काठमाडौं । विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ ।
करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो ।
यस्तै, ८ समूहमा गिरावट आएको बजारमा सबैभन्दा बढी निर्जिबन बीमा समूह २ सय ७७ अंकले घटेको छ । घटेको बजारमा पनि माउण्टेन इनर्जी नेपाल, सेन्ट्रल फाइनान्स कम्पनी र लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले भने १० प्रतिशत बराबरले कमाएका छन् ।
सोमबार ८० कम्पनीको शेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको घटेको छ । २ सय ७६ कम्पनीको १ लाख २९ हजार कित्ता शेयर ४ अर्ब ७४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार