व्यक्तिगत फाइदा नहेर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १२ : ५७
व्यक्तिगत फाइदा नहेर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।

अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै उनले सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन निर्देशन दिए । मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष भएको भन्दै अर्थमन्त्रीले तरकारी र फलफूलको आयातमा मात्र कर लाग्ने बताए ।

उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस