टोखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन्।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन विस्तारमा जुट्न आह्वान गरेका हुन्।
‘आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ’, उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ।’
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे।रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने