युद्धग्रस्त देश यमनसँगको व्यापारमा नेपाललाई ५६ लाख नाफा

सफल खबर संवाददाता

शनिबार, ०२ असार २०८०, १४ : ४५
युद्धग्रस्त देश यमनसँगको व्यापारमा नेपाललाई ५६ लाख नाफा

काठमाडौँ । गृहयुद्धमा रुमल्लिइरहेको मध्यपूर्व देश यमनसँग नेपाललाई ५६ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपाल र यमनबीचको व्यापारमा नेपाललाई ५६ लाख ६५ हजार रुपैयाँ व्यापार नाफा भएको हो ।

 

यस अवधिमा नेपालले यमनबाट १४ लाख ८५ हजार रुपैयाँको सामान आयात गरेको छ । यस्तै, नेपालबाट ७१ लाख ४९ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । यमनबाट नेपालमा जम्मा दुई एचएस कोडमा वस्तु आयात हुने गरेको छ ।

 

जसमध्ये समुन्द्री जीव, जीवको अवशेष लगायतका वस्तु आयात हुन्छन् । यी वस्तु १४ लाखभन्दा धेरैको आयात हुने गरेको पाइएको छ । यसबाहेक, अप्रशोधित सुनको आयात समेत यमनबाट आयात हुने गरेको छ । नेपालबाट भने पास्ता, चाउचाउ, नुडल्स, निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस