राष्ट्रिय अनुसन्धान विभागद्वारा अनुसन्धान अधिकृत र सहायक पदमा दरखास्त आह्वान

सफल खबर संवाददाता

शनिबार, ०२ असार २०८०, ०८ : ४०
राष्ट्रिय अनुसन्धान विभागद्वारा अनुसन्धान अधिकृत र सहायक पदमा दरखास्त आह्वान

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।

शनिबार एक सूचना जारी गर्दै  विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

सूचनामा अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत आजको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

परीक्षाबारे आवेदनको मिति सकिएपछि जानकारी गराइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस