सुर्खेत । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् ।
कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक रावश्यबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ ।
संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन्त्री सिंहले बताए ।
यस्तै समुपुरक अनुदान ७६ करोड १६ लाख र विशेष अनुदान ५९ करोड ७९ लाख प्राप्त भएको छ भने वैदेशिक सहायतबाट १ करोड ८६ लाख ९० हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय