काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले स्वीकृत गरेको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
समिति सदस्य महेश बर्तौलाले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए। संसदीय सुनुवाइ समितिमा बिहीबार कार्ययोजना प्रस्तुत गरेका कार्कीसँग आज सवाल जवाफ भएको थियो । त्यसपछि समितिले कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
राष्ट्रपतिले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश हुनेछन्। संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
कामु प्रधानन्यायाधीश समेत रहेका कार्कीलाई गत वैशाख १५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनीविरुद्ध ३० बढि उजुरी परेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै