काठमाडौ । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।
कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायत लगायतमा खर्च हुन्छ ।
तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानूनी व्यवस्था छ । कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रुपैयाँ रकम रहेको जनाइएको छ ।
यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद् जोखिम न्यूनीकरण परिषद् बैठकमा वायु प्रदूषणका विषयमा छलफल
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक