काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बलेन )ले भारतीय चलचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’भन्ने शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउनुपर्ने मेयर शाहको भनाइ छ।
उनले सो शब्द नसच्याएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन्।
उनले सो शब्द सच्याउन ३ दिनको समय पनि दिइएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर शाहले भनेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउदै, शुभ साइत्मा सपथ लिदै बालेन्द्र शाह