काठमाडाैं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।कैलालीकाे गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ
रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ