काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । त्यसको लागि बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले अध्यादेश जारी गरिदिएका छन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका हुन् ।
अब यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की