कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, ११ : ४२
कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौ । कुमारी बैंकको १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस