काठमाडौं । कोशी प्रदेशको चालु बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारले बुधबार गरेको सिफारिस अनुसार चालू बजेट अधिवेशन अन्त्य गरेका हुन्।
उनले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज राति १२ बजेपछि चालू अधिवेशनको अन्त्य हुने जानकारी दिएका छन्। 'कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/२/३१ गतेको सिफारिसमा संवत् २०५० साल जेठ ३१ गते बुधबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ।
एमाले नेतृत्वको सरकारले आजमात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर नीति तथा कार्यक्रममाथि छलफल नै नगरी चालू अधिवेशनको अन्त्य भएको छ। यससँगै मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित