काठमाडौं । सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान-प्रदान, आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।
भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवलाई विशेष महत्वका जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको बताउँदै नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताए ।
सभामुखले सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रह गरे । बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटकहरू आइरहेको बताउँदै सभामुखले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल–कोरिया सीधा हवाई उडानका लागि सकारात्मक तदारुकता देखाउन राजदूतमार्फत कोरिया सरकारको ध्यानाकर्षण गराए ।
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मिहिनेती र अनुशासित’ रहेको टिप्पणी गरे ।
उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।
कोरियाको संसदमा कोरिया नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत राजदूत तइयोङले नेपालको संघीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे ।
कोरियाबाट फर्केका नेपालीहरूले नेपालमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उनले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युतलगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे