काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता/ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । बैंकले केन्द्रीय कार्यालयको लागि आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता/ ट्राभल एजेन्सीहरुसँग आवेदन माग गरेको हो ।
उपलब्ध फाराममा तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिन (सो दिन सार्वजनिक विदा परेमा तत्पश्चात् कार्यालय खुलेको पहिलो दिन) मित्र बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग लिष्ट) मा सूचीकृत भइसक्ने समेत बैंकले आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधन सहित) को विनियम १८ बमोजिम बैंकले बुधबार सूचना प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै