जनकपुरमा बागी जितेका मेयर साहमाथिको कारबाही कांग्रेसले गर्‍यो फुकुवा

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १७ : १२
जनकपुरमा बागी जितेका मेयर साहमाथिको कारबाही कांग्रेसले गर्‍यो फुकुवा

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले जनता समाजवादी पार्टी जसपाका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

 

तर पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।कांग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुंगानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाउँदै मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएकाले उनलाई साविककै जिम्मेवारीमा रहेर कामकाज गर्न दिन निर्देशन दिएका छन् ।

 

साहले हिजोका दिनमा गरेको गतिविधिमा आत्मलोचना गर्दै पार्टीको सिद्धान्त र नीतिमा रहेर कामकारबाही गर्न निवेदन दिएकाले उनीमाथिको कारबाही फुकुवा गरिएको ढुंगानाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस