युएईसँग अभ्यास खेल खेल्दै नेपाल

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, ०८ : ३१
युएईसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको अन्तिम तयारीमा रहेको नेपालले मंगलबार आधिकारिक वार्मअप खेल खेल्दै छ।

आइसिसीले छनोटअघि दुई अभ्यास खेल खेलाउने कार्यतालिका सार्वजानिक गरेको छ। जसमा नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दै छ।

खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको हरारेमा सुरु हुने छ।

जिम्बाब्वे प्रस्थान गर्नु अघि नेपालले दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल खेलेको थियो। स्कटल्यान्ड र नेदरल्यान्ड्स दुवै खेलमा पराजित नेपाल युएईविरुद्धको खेलमा लय समाउने प्रयासमा हुने छ।

वेस्टइन्डिजसँग तीन खेलको ओडिआइ सिरिज खेलेर युएई जिम्बावे पुगेको छ। नेपालले अर्को खेमला हङकङको सामना गर्ने छ।

प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्।

प्रतियोगिता ३ असारबाट सुरु हुँदैछ। दुवै समूहमा रहे शीर्ष तीन-तीन टोली सुपर सिक्समा स्थान बनाउने छन्। जहाँबाट शीर्ष दुईमा रहने टिमले भारत विश्वकपको टिकट पक्का गर्ने छन्।