नेपाली बास्केटबल टोली माल्दिभ्स प्रस्थान

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १६ : ५७
नेपाली बास्केटबल टोली माल्दिभ्स प्रस्थान

काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ ।जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् । प्रतियोगिताको खेलतालिका भने सार्वजनिक भएको छैन ।

प्रतियोगिताका लागि सदिश प्रधानको कप्तानीमा १२ सदस्यीय टोली र अफिसियल गरी १७ जना माल्दिभ्स गएका हुन् । प्रधानको कप्तानी रहेको रहेको नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।

निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुल कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् ।यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।

फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन् । नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस