‘पठाओ फुड फेस्ट २०२३’ सुरू

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १६ : ३०
‘पठाओ फुड फेस्ट २०२३’ सुरू

काठमाडौं ।राइड शेयरिङ्ग कम्पनी पठाओ नेपालको फुड डेलिभरी च्यानलले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ। अविस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ’ राखिएको कम्पनीले बताएको छ।

अफर अन्तर्गत फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायत अन्य सोच्नै नसकिने अफरहरू समेत समावेश गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए।

जेठ २७ देखि चल्ने फुड फेस्ट अहिलेसम्मकै सर्वाधिक ठुलो अनलाइन फुड डेलिभरी फेस्ट हुने कम्पनीले जनाएको छ। फुड फेस्ट असार १५ गतेसम्म सञ्चालन हुनेछ।यसबाहेक हरेक दिन फ्ल्यास सेल्स हुन्छ, जसमा सेवाग्राहीले सोच्दै नसोचेको छुट पाइने प्रवक्ता थापा बताउँछन्। अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध छ।

थापाका अनुसार, यस फुड फेस्टमा केही रेष्टरेन्टहरूबाट ९९९ रुपैयाँभन्दा माथिको अर्डर गर्दा बाह्रसिंगे बियर सित्तैमा पाइनेछ। जसले बियरका पारखीहरूलाई थप रोमाञ्चक बनाउने थापाले बताए।यस्तै ग्राहकले हरेक अर्डरमा ‘स्योरशट प्राइज’ को स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने कम्पनीले बताएको छ।

पुरस्कारमा धुलिखेल जिपलाइनको एक हजार रुपैयाँको भौचर, सीजी नेटको तीन महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा तीन महिना फ्री रिचार्ज, डिशहोम गो एपमा तीन महिनाका लागि फ्री सब्सक्रिप्सन जित्न सकिने छ।यस्तै, क्युएफएक्स मुभी बुकिङमा तथा यति एयरलायन्सको टिकट बुकिङमा पनि छुट पाउन सकिनेछ भने गितार शपको पनि सपिङ भौचर पाउन सकिनेछ।

अफर अबिधिभर फुड अर्डर गर्ने मध्येबाट भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट निःशुल्क डेलिभरी जित्ने मौका समेत दिने जनाएको छ।हरेक हप्ता लक्की ड्रमा एक जनाले वानप्लस एन२० एसई र गितार शपबाट गितार जित्ने मौका समेत रहेको छ।बम्पर प्राइजमा एक जनाले आईफोन १४ प्रो जित्ने अवसर पाउने थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस