चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा गोहीका २० बच्चा निस्किएका छन् । गुड नम्बर २ को ३७ वटा अण्डाबाट २० वटा अण्डालाई प्रजनन् केन्द्रमा रहेको ल्याब रुममा ३२ डिग्री सेल्सियसको तापक्रम कायम गरी वैशाख ८ गते राखिएकोमा आइतबार २० वटै अण्डाबाट बच्चा निस्किएको सहायक संरक्षक अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले घडियाल गोहीको प्रकृतिक वासस्थान बच्चा हुर्कने र बाच्ने दर अत्यन्तै न्यून भएपछि कसरामा सन् १९७८ घडियाल संरक्षण तथा प्रजनन् केन्द्रको स्थापना गरी निरन्तर रुपमा घडियाल गोहीको अण्डा संकलन गरी बच्चा निस्किएपछि हुर्काएर प्राकृतिक वासस्थानमा छाड्ने कार्य गर्दै आएको छ ।
चालु आर्थिक वर्षको २०७९–०८० को वैशाख ८ गते राप्ति नदीको छितामाईघाटदेखि सौराहाघाटसम्म जम्मा ८ वटा गुडबाट २४२ वटा अण्डा संकलन गरी प्रजनन् केन्द्रमा राखिएको छ ।
घडियाल गोहीको लिङ्ग निर्धारण अण्डा राखिएको स्थानको तापक्रममा भर पर्ने गर्दछ । गोहीको अण्डा राखिएको गुडको तापक्रम बच्चा कोरल्ने समयमा ३२ डिग्री सेल्सियस रहेको खण्डमा भाले र त्यसभन्दा तल वा माथि तापक्रम भएमा पोथी निस्किने तिवारीको भनाइ छ । सोही अनुसार जम्मा २४२ वटा अण्डा मध्ये गुड नम्बर २ को ३७ वटा अण्डाबाट २० वटा अण्डालाई प्रजनन् केन्द्रमा रहेको ल्याबमा राखिएर आज नतिजा आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज