नुवाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, २१ : ०६
नुवाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोट । नुवाकोटमा केरेन्ट लागेर एक जनाको ज्यान गएको छ । तादी गाउँपालिका-४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको एक जना घाइते भएको प्रहरीको भनाइ छ ।

स्थानीय २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।

प्रतिक्रिया दिनुहोस