भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे सांसदले मागे सरकारको जवाफ– नेपालले कुरा बुझिसकेको हो ?

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १३ : १५
भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे सांसदले मागे सरकारको जवाफ– नेपालले कुरा बुझिसकेको हो ?

काठमाडाैं ।'अखण्ड भारत'को नक्सा सम्बन्धमा नेपालले कुरा बुझिसक्यो भन्ने भारतीय विदेशमन्त्री डा. एस जयशंकरको अभिव्यक्तिबारे संसदमा सरकारको जवाफ माग गरिएको  ,छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र भारतीय विदेश मन्त्रीको कुरा बाझिएको भन्दै वास्तविकता माग गरेका हुन् ।

‘भारतीय विदेशमन्त्री जयशंकरले नेपालले कुरा बुझिसक्यो, नेपालले विवाद गर्ने छैन भन्नुभयो । सत्य कुरा के हो ? भारतले भनेको सत्य हो कि हाम्रा प्रधानमन्त्रीले संसदमा बोलेको सही हो ? हामीले कुरा बुझिसकेको हो होइन ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस