नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १२ : ३९
नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

काठमाडौं  । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।

आज (शुक्रबार) न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा अर्को पेशी आगामी मंगलबार तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस