बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुटवल पुगेका छन् । बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म बनेको लुम्बिनी केबलकारको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल आएका हुन् ।
गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन हुन लागेको हो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको छ ।
झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ । बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए ।
ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड