आइएमई लाइफलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १६ : ४६
आइएमई लाइफलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले जेठ २३ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आइएमई लाइफलाई प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो । इन्स्योरेन्सले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

प्रतिक्रिया दिनुहोस