काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई जेठ २९ देखि ३१ गतेसम्म बेल्जियममा आयोजना हुने कार्यक्रममा सहभागी हुन ब्रसेल्स जान दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय भएको जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
–आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।
–माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने ।
– मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने ।
–मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
–काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने ।
–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)
माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने