मध्य प्रदेशमा मालवाहक रेल लिकबाट बाहिरियो, ठुलो दुर्घटनाबाट जोगियो

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, ११ : ३२
मध्य प्रदेशमा मालवाहक रेल लिकबाट बाहिरियो, ठुलो दुर्घटनाबाट जोगियो

एजेन्सी ।भारतको मध्य प्रदेशको जबलपुरमा मालवाहक रेल लिकबाट बाहिरिएको छ । रेल ठुलो दुर्घटनाबाट जोगिएको छ ।रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजीले भरिएको मालवाहक रेलका दुई वटा डिब्बा लिकबाट बाहिरिएको हो ।

 

पश्चिम मध्य रेलवेका सिपिआरओ राहुल श्रीवास्तवले भने, ‘गए राती सामान उतार्ने क्रममा एलपीजीले भरिएको मालगाडीका दुई वटा गाडी लिकबाट बाहिरिएको थियो । घटनापछि रेलको आवतजावतमा प्रभावित भएको छैन । बिहान हुने बित्तिकै अधिकारीलाई रेखदेखमा मर्मतको काम सुरु गरिएको थियो ।’

 

यसअघि ओडिशाको बालासोरमा तीन वटा रेल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस